00:00:00
स्थानिय

मणिग्राम ट्राफिक लाइट रहेकै स्थानमा दुर्घटना

शुक्रबार मङ्सिर २४, २०७८/ Friday 12-10-21

तिलोत्तमा २०७८ मंसिर २४

      मणिग्राम ट्राफिक लाइट रहेकै स्थानमा टिप्परले मोटरसाइकल र स्कुटिलाई ठक्कर दिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा टिप्परले ठक्कर दिदा मोटरसाइकल र स्कुटर चालक घाइते भएका छन् ।  शुक्रबार बिहान करीब ९ बजे पछि मणिग्राम ट्राफिक लाइट रहेकै स्थानमा दुर्घटना भएको हो ।  

     प्र ०२-०३ ००१ ख ३५२८ नम्बरको टिप्परले ट्राफिक लाइट नबोल्दै अघि जाने क्रममा रहेका लु ५ प् १६५८ नम्बरको मोटरसाइकल र लु ४७ प ४९०४ नम्बरको स्कुटरलाइ ठक्कर दिदा मोटरसाइकल चालकको खुट्टा भाचिएको छ भने स्कुटर चालकलाई सामान्य चोटपटक लागेको छ।  

      अहिले दुबैको क्रिमासन अस्पताल मणिग्राममा उपचार भैरहेको छ भने टिप्पर चालक लाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज लक्ष्मण डाँगीले बताउनुभयो।  

 

तपाईको प्रतिक्रिया