राष्ट्रिय
राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले गर्नुभयो पदभार ग्रहण
सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
काठमाण्डौ २०७८ मंसिर २०
पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिनुभएको लिङ्देनले सोमबार पदभार ग्रहण गर्नुभएको हो । शपथ ग्रहण कार्यक्रममा लिङ्देनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताउनुभएको थियो ।
निवर्तमान अध्यक्षत्रय थापा भने नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको थिएन ।
तपाईको प्रतिक्रिया