00:00:00
स्थानिय

सैनामैना नगरपालिकामा नेपाल निजामती कर्मचारी संगठनको नयां नेतृत्व चयन

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21

प्रेम खनाल,सैनामैना
२०७८ मंसिर २०

       नेपाल निजामती कर्मचारी संगठन सैनामैना नगरपालिका इकाई समितिमा शालिकरामा रिजालको अध्यक्षतामा १७ सदस्यीय नयां नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा स्मिता खनाल, सचिबमा चिरन्जीवि पाण्डे, सह सचिवमा कृष्ण बहादुर के.सी., कोषाध्यक्षमा रिना गिरी सदस्यहरुमा प्रदिप गिरी, जोखराज घिमिरे,जनकराज सापकोटा, महेश गैरे, गोमा कुमारी वस्याल, सकुन्तला कुमाल, मिनाराम पन्थी, हरिप्रसाद गौडैल, नरेन्द्र प्रसाद ओली, राजन पन्थी, रेनु थापा र माधव पौडेल निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका स-
सचिव प्रेम प्रसाद खनालले बताउनुभयो ।

सम्पुर्ण निर्बाचितहरुलाइ नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ खुवाउँदै अस्थायी
करार ज्यालादारी कर्मचारीहरुको समस्या समाधानको लागि सरकारका तिनै तहमा कार्यरत अस्थायी करार र ज्यालादारी कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सकेमा हाल निजामती सेवामा देखा परेको अस्थायी ज्यालादारी र करारका कर्मचारीहरुको समस्या समाधान हुने कुरामा जोड दिए ।

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले नेपाल निजामती कर्मचारी संगठन सरकारी निकायमा कार्यरत सबै खाले कर्मचारीहरुको छाता संगठन भएकोले यस संगठनमा आवद्ध भई कर्मचारीहरुको हक हित वृत्ति विकास लगायतका विषयहरुमा सामुहिक सौदावाजी गर्दै निश्पक्ष सेवा प्रवाहमा नमूना भई काम गर्न सम्पुर्ण कर्मचारीहरुलाई आव्हान गर्दै संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

बिशिष्ट अतिथि नगर प्रमुख चित्र बहादुर के.सी.ले नेपाल निजामती कर्मचारी संगठनले लोकतन्त्र प्राप्तिको लागि गरेको योगदानका सम्बन्धमा खुलेर प्रंशसा गर्दै कर्मचारीहरुका व्यक्तिगत गुनासाहरु सम्बोधन नहुन पनि सक्ने हुँदा सांगठनिक रुपमा संगठित भएर आवाज बुलन्द गर्दै लागेमा कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा कार्यपालिकाको ध्यान पुग्नेछ भन्दै कर्मचारीहरुले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सकेमा कर्मचारी प्रति समाजमा देखिएको वितष्णा कम हुँदै जाने बताउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया