00:00:00
स्थानिय

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउँदै

बिहीबार मङ्सिर १६, २०७८/ Thursday 12-02-21

बुटवल २०७८ मंसिर १६

  राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लाग्नुभएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट सुरु भएको हो ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले जानकारी दिनुभएको छ।  राष्ट्रपति भण्डारीले आजै विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उदघाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

 

तपाईको प्रतिक्रिया