00:00:00
स्थानिय

एकीकृत समाजवादी सिद्धार्थनगरको नगर भेला सम्पन्न

शनिबार मङ्सिर ११, २०७८/ Saturday 11-27-21

पुन्हरी बेल्बसे,भैरहवा
२०७८ मंसिर ११

नेपाल कम्यिुनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगरको नगरभेला सम्पन्न भएको छ । नेकपा एमालेको गुटबन्दी र प्रतिगामीका कारण अलग भएर माधब नेपालको नेतृत्वमा छुट्टै पार्टी गठन गरेको एकीकृत समाजवादीले देशभर पार्टी गठनको अभियान थालेको छ ।

    कार्यक्रमा केन्द्रिय सदस्य उमा काफ्लेले संगठनमा सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै ओलीदम्भका कारण समाजवादी पार्टी गठन भएको बताउनुभयो । काफ्लेले “हामी जनताको मनोभावनालाई बुझेर अगाडि बढ्छौं, कुनै व्यक्तिले आफ्नो स्वार्थकालागि कुनै कार्य गर्न खोज्छ भने सदैव विरोध गर्ने र प्रतिगामीलाई प्रास्त गर्न लागी रहेने छौं ।” भन्नुभयो ।

    समाजवादी पार्टीले नेपाली जनताको भलो हुने काम गरेर अगाडि आग्रह गर्दै व्यक्तिवाद तर्फ नलागेर सामुहिक निर्णय लिएर अगाडि बढ्ने लुम्बिनी प्रदेश कमिटी सदस्य ऋषिराम शर्माले बताउनुभयो । देशमा प्रगामी, प्रतिशोध राखेर ओलीले काम गरेका कारण दुई तिहाइको सरकार ढलेको बताउँदै अहिले एमालेको भइरहेको निर्वाचनपछि धेरै जनताले समाजवादी पार्टी रोज्ने ठोकुवा गर्नुभयो ।

पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन संगठन विस्तार गर्दै जाने सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले बताउनुभएको छ । पार्टीलाई सबल र सक्षम बनाउन सबै संगठनले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

पार्टीको देशव्यापि रुपमा संगठन विस्तार गर्दै अगाडि बढ्ने निर्देशन रहेकोले सिद्धार्थनगरमा योग्यता र क्षमता अनुसारको नेतृत्व दिँदै अगाडि बढ्ने नगर अध्यक्ष राम बहादुर बस्नेतले बताउनुभयो। नगर भेलाले मंसिर मसान्त भित्र सबै वडामा कमिटी बिस्तार गर्ने गरी काम अगाडि बढाउने बताउँदै १३ ओटै वडामा संयोजक चयन गरेको बस्नेतले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया