स्थानिय
तिलोत्तमा वडा नं ९ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
शनिबार मङ्सिर ११, २०७८/ Saturday 11-27-21
तिलोत्तमा २०७८ मंसिर ११
तिलोत्तमा नगरपालिका वडा नं ९ स्थित गौतम बुद्ध आदर्श शिशु सदन आधारभूत विद्यालय तुल्सिपुरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री दुर्गा मन्दिर युवा क्लब डिएमसी तुल्सिपुरको आयोजना तथा हाम्रो प्याथोलोजी मंगलापुर, द डेण्टल एरा भलवारी र माया अप्टिकल भलवारीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा सुगर, पे्रसर, आँखा, दाँत तथा फिजिसियनद्वारा निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । क्लबका अध्यक्ष भानुभक्त थापाको अध्यक्षतामा भएको कार्यक्रममा जम्मा ४ सय ५० जनाले परीक्षण गराएका छन् । जसमध्ये आँखा र सुगरको परीक्षण ३ सय ५० जना र अन्य रोगको परीक्षण एक सय जनाले गराएको क्लबका अध्यक्ष थापाले बताउनुभयो ।
तपाईको प्रतिक्रिया