00:00:00
स्थानिय

दिवंगत नेता बन्जाडेलाई श्रद्धाञ्जली दिन प्रचण्ड बुटवल आउने

शनिबार मङ्सिर ११, २०७८/ Saturday 11-27-21

भैरहवा २०७८ मंसिर ११

           दिवंगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) लाई श्रद्धान्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुटवल आउने हुनुभएको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीका अनुसार मङ्सिर १४ गते बन्जाडेको ७ औं पुर्ण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष प्रचण्ड बुटवल आउँदै हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका स्वर्गीय बन्जाडेको मृत्यु भएपश्चात पार्टी को निर्णय अनुसार ३ दिन सम्म पार्टीको झण्डा झुकाउने र सोहि कारण मङ्सिर ११ गते तय गरिएको नगर अधिवेशन केहि समयका लागि स्थगित गरिएको हो । नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक जिसीका अनुसार रुपन्देहीभर स्थगित भएको नगर अधिवेशन मङ्सिर १८ गते सम्म सम्पन्न हुने छन् ।

तपाईको प्रतिक्रिया