00:00:00
स्थानिय

परिवर्तनको लागि समानता मात्र होइन समता  पनि चाहिन्छ

सोमबार कार्तिक २९, २०७८/ Monday 11-15-21

लक्ष्मी पाण्डे,भैरहवा
२०७८ कात्तिक २८

हरेक क्षेत्रको विकासका लागि समानता मात्र नभई समताको पनि आवश्यक पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन । अपांगता भएका व्यक्तीहरुको राजनितीक अधिकार तथा पहुचयुक्त निर्वाचन प्रणली सम्बन्धी अन्तक्रिया कार्यक्रममा रुपन्देही जिल्ला  निर्वाचन अधिकारी अयोध्या प्रसाद भन्डारीले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा बोल्दै भण्डारीले अपांगता भएका व्यक्तीले निर्वाचन सम्बन्धी अधिकार पाउँनुपर्छ भनेर त कानुनी प्रावधान भएर मात्र नहुने बताउनुभयो । यदि अपांगता भएका व्यक्तीहरुलाई निर्वाचनमा उठाउने नै हो भने उनीहरुलाई के के आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिदै त्यसको व्यवस्था मिलाउन पर्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गदै भण्डारीले  संवैधानिक कानुन , राष्ट्रि«य  तथा अन्तराराष्ट्रि«य कानुन तथा कानुनी प्रावधान , अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त भौतिक संरचना तथा सुचना सेवा निर्देशिका र  अपांगता भएका व्यक्तीहरुप्रति निर्वाचन आयोगको भुमिका का विषयमा समयसापक्ष उदाहण सहित प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रमका सहभागीहरुले निर्वाचनको समयमा अपांगता भएका व्यक्तीहरुका लागि सहज बनाउन यातायातको व्यवस्था हुनुपर्ने , दाभासेको  तथा सहयोगी को व्यवस्था हुनुपर्ने , मतपत्रमा लेखिएका कुराहरु त्था चित्रहरु ठुलो गरी निकाल्नुपर्ने, निर्वाचनको अवधिमा कर्मचारी खटाउदा अपांगता भएका व्यक्तीहरुलाई पनि समेट्नुपर्ने र विद्युतिय मतदानको व्यवस्था गर्न  अनुरोध गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै नेत्रहिन युवासंघका अध्यक्ष टिकाराम पौडेलले अपांगता भएका व्यक्तीहले पनि निर्वाचनमा पाउनुपर्ने अधिकारको लागि निर्वाचन आयोगबाट सहयोग जुटाईदिन पहन गर्दिन आग्रह गर्नु भयो । अपागंगता भएका व्यक्तीहरुलाइ निर्वृाचनको समयमा सहयोगको लागि सहयो कक्ष नै स्थापना गरेर सहयोग गर्न पनि माग गर्नुभएको थियो । नेत्रहिन युवासंघ  रुपन्देहीको आयोजना ,युएसएआइडी , आइएफएसका सहयोग र नेत्रहिन युवासंघनेपालको समन्वयमा भैरहवामा  सम्पन्न कार्यक्रममा रुपन्देहीका विभिन्न अपांगता जना भएका  र रुपन्देही  निर्वाचन कार्यलयका गरी १९ व्यक्तीहरुको   सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।  ।

तपाईको प्रतिक्रिया