00:00:00
राष्ट्रिय

एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दै

शनिबार कार्तिक २७, २०७८/ Saturday 11-13-21

काठमाण्डौ २०७८ कार्तिक २७ 
 

       नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना हुने व्यवस्था गरेको छ । 

         प्रत्येक ८ सयमा १ जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा १ महिला र ३ खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाइएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उदघाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम हुनेछ । महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

     त्यसैगरी रुपन्देहीमा पनि प्रतिनिधि छनोटको लागि सर्वसम्मतको प्रायस जारी रहेको छ । करिव १७ हजार सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना प्रतिनिधि छनौेट हुने छन् । आवश्यक संख्याभन्दा चारगुणा बढिले प्रतिनिधीको लागि मनोनयन दर्ता गरे पछि सर्वसम्मतको प्रयास सफल बनाउन नेताहरु निरन्तर सम्बादमा रहेका छन् । हाल सम्म ५ नम्वर क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताउनुभयो । अन्य क्षेत्रमा पनि सर्वसम्मतिको प्रयास जारी रहेको उहाँको भनाई छ । सर्वसम्मति नभएमा निर्वाचन हुनेछ । 
 

तपाईको प्रतिक्रिया