00:00:00
राष्ट्रिय

किराँत धर्मावलम्बीका गुरु फाल्गुनन्दको १३७ औँ जयन्ती मनाइँदै

बिहीबार कार्तिक २५, २०७८/ Thursday 11-11-21

काठमाण्डाै २०७८ कार्तिक २५ 

     आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ। 

 पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा किराँत धर्मावलम्बीका गुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै विभिन्न कार्यक्रम गरी हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ। सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधारक र व्यावहारिक आर्थिक नीति नियम बनाउने कुशल अर्थविद्का रूपमा समेत लिने गरिन्छ। 

 राष्ट्रपति विद्यादेवी भण्डारीले १३७ औँ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।    

तपाईको प्रतिक्रिया