00:00:00
स्थानिय

बुटवलको नयाँगाउँमा आगलागीबाट ५० लाखको क्षति

मंगलबार कार्तिक २३, २०७८/ Tuesday 11-09-21

बुटवल २०७८ कार्तिक २३ 

            बुटवलको नयाँगाउँमा घरमा लागलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१२ को भित्री सडक पीच गर्ने क्रममा सोमबार साँझ अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो।

आगलागीबाट करिब ५० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट स्थानीय गोपाल पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले बताउनुभयो।
आगो बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकोे दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण लिइएको थियो । 

तपाईको प्रतिक्रिया