00:00:00
स्थानिय

सल्यानमा फेरि दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते 

सोमबार कार्तिक २२, २०७८/ Monday 11-08-21

दाङ २०७८ कार्तिक २२ 

     सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप सल्यान र दाङको सीमा नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नं. ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । घाइते १९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । #globalaawaj 

तपाईको प्रतिक्रिया