काठमाण्डौ २०७८ कार्तिक १४
‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जित्नुभएको छ । १५ प्रतियोगीलाई पछि पर्दै बस्नेत ताज पहिरिन सफल हुनुभएको हो।
उपाधिसहित दुई सवटाइटल समेत जित्नुभएको बस्नेतले ताजसँगै १० लाख नगद पनि पाउनुभएको छ । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले बस्नेतलाई ताज पहिर्याउनुभएको हो ।
उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएको थियो । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।
विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत थिए ।
गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गर्नुभएको थियो। प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याउनुभएको हो। सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी हुनुभएको थियो। सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।
तपाईको प्रतिक्रिया