00:00:00
स्थानिय

रुपन्देहीमा आत्महत्यामा कीटनाशक विषादीको प्रयोग देखिएपछि बेचबिखनमा कडाई

बिहीबार कार्तिक ११, २०७८/ Thursday 10-28-21

बुटवल २०७८ कार्तिक ११ 

     रूपन्देही प्रहरीले आफ्नो जिल्लामा कृषि तथा पशु उपचारमा प्रयोग हुने कीटनाशक विषादी बेचबिखनमा कडाई गर्दै विषादी बेचबिखन गरिरहेका १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटरीनरीलाई अभिलेख राख्न निर्देशन दिएको छ।

  जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरूको तथ्यांक बढेको, त्यसमा कृषि र पशुजन्य उपचारमा प्रयोग हुने विषादी सेवन उच्च देखिएकाले कडाइ थालिएको प्रहरी उपरीक्षक मनोज केसीले बताउदै विषादी बेचबिखनको मासिक तथ्यांक राख्न र किसानको पहिचान गरेर मात्रै बिक्री-वितरण गर्न प्रहरीले निर्देशन दिएको जानकारी दिनुभयो ।

 केसीका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा रूपन्देहीमा ९९ जना व्यक्तिहरूले आत्महत्या गरेका छन्। जसमा मुख्य रूपमा आल्मुनियम फोस्फेट, ओप-एल्पाइन र साइपभिटामिन बी कम्प्लेक्सलगायतका विषादी प्रयोग भएको देखिएको छ।

‘असम्बन्धित व्यक्तिलाई विषादी बेचबिखन गर्ने र त्यो विषादी आत्महत्याका लागि प्रयोग हुने गरेको पाइएपछि कडाइ गर्न थालिएको र रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) अवधारणा ल्याएको बताउदै सो अवधारणा कार्यान्वयन गर्ने क्रममा विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरिएको केसीले जानकारी दिनुभयो।  

केसीका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुई वटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकी अन्तर्गत रहेका १०७ वटा विषादी बेचबिखनका क्लिनिक, एग्रोभेट र भेटरीनगरी पत्ता लागेका छन्।

तपाईको प्रतिक्रिया