00:00:00
स्थानिय

गृहमन्त्री बालकृष्ण खाँण आज गृहजिल्ला रुपन्देही आउँदै 

सोमबार कार्तिक १, २०७८/ Monday 10-18-21

बुटवल -२०७८ कार्तिक १ 

         गृहमन्त्री बालकृष्ण खाँण आज गृह जिल्ला रुपन्देही आउँदै हुनुहुन्छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनापछि आज रुपन्देही आउन लाग्नुभएको हो । गृहमन्त्री खाँण कांगे्रस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आउन लाग्नुभएको नेपाली कांग्रेस रूपन्देहीका सभापति अव्दुल रज्जाकले जनाकारी दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका खाँण मन्त्री भएपछि रुपन्देही आउने भएकाले पार्टीले बधाई तथा सम्मान कार्यक्रम समेत राखेको कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री रज्जाकले जानकारी दिनुभयो । उहाँले देविनगरमा गएको पहिरोको निरिक्षण समेत गर्नुहुनेछ । उहाँ आजै काड्मान्डौँ फर्कने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया