00:00:00
स्थानिय

बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडप, गोली चल्यो

आइतबार असोज २४, २०७८/ Sunday 10-10-21

बुटवल-रुपन्देही 
२०७८ असोज २४ 

               रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गर्नुभएको छ । प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् ।  जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको तर घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले बताउनुभएको छ  ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।

     प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको बाटइेको छ। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो।

तपाईको प्रतिक्रिया