अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने
लक्ष्मी पाण्डे,तिलोत्तमा
२०७८ असोज २४
अपांगता भएका युवाहरुको निर्वाचनमा पहुँच पुर्याउन पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन । अपांगता भएका युवाहरुको राजनितीक पहुँच विषयक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिीनी प्रदेशका महासचिव विक्रम खड्काले पहुँचयुक्त निर्वाचन र समावेशी सहभागीताका लागि सञ्चार माध्यमसंगै सबैले दबाब दिनुपर्ने बताउनुभयो ।
वरिष्ठ संवाददाता कृष्ण खनालले अपांगता भएका व्यक्तीहरुका लागि धेरै अवरोध भएको भन्दै अवरोध हटाउदै अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो ।नेत्रहिन युवासंघ नेपाल, आइफेक्स नेपाल ,युएसएआएडीको साझेदारीमा सञ्चालित सो कार्यशालामा आइफेक्स प्रतिनिधि सम्हिता मल्लले अपांगता भएका व्यक्तीहरुका लागि पहुँचयुत्तः निर्वाचन प्रतिक्रियामा सहज सहभागिताका लागि आफुहरुले काम गरिरहेको जानिकारी गराउनुभयो ।
उहाँर्ले माई भोट माई फिउचर अभियानमार्फत अपांगता भएका युवाहरुको राजनैतिक पहुच अभिवृद्धिका लागि ११ महिनासम्म सञ्चालन हुने परियोजनाले काम गर्ने बताउनुभयो । असोज १९, २० भैरहवा २२ र २३ गते बुटवलमा आयोजना भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाका २४ जना अपांगता भएका युवाको सहभागिता रहेको थियो ।
कोरोना संक्रमण जोखिम भएका कारण बुटवल र भैरहवामा १२ र १२ जना सहभागी राखी कार्यशाला राखिएको परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी गराउनुभयो । कार्यक्रममा लोकतन्त्र र लोकतन्त्रका तत्व , नेतृत्व, जनप्रतिनिधि , अधिकार र कर्तव्यका बारेमा सहजिकरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया