'रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन
काठमाण्डाै- २०७८ असोज २०
भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम 'रामायण' मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।
सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक 'रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । ८३ बर्षिय त्रिवेदीको हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा निधन भएको बीबीसीले लेखेको छ । त्रिवेदी लामो समयदेखि अस्वास्थ्य रहनुभएको थियो ।
'रामायण' मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक 'विक्रम और बेताल' मा पनि महत्त्वपूर्ण भूमिका निभाएका भएको थियो । यसका साथै त्रिवेदी गुजराती सिनेमा जगतमा पनि परिचित हुनुहुन्थ्यो।
यही वर्षको मे महिनामा पनि त्रिवेदीको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय 'रामायण' मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया