00:00:00
राष्ट्रिय

आज ६६ औँ प्रहरी दिवस : देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

बुधबार असोज २०, २०७८/ Wednesday 10-06-21

काठमाण्डौ २०७८ असोज २० 

     आज ६६ औँ प्रहरी दिवस, दिवसका अवसरमा आज बुधवार देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियानसमेत सुरु भएको छ । दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री, गृह मन्त्री लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुँदैछन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिवसका अवसरमा शुभकामना दिँदै प्रहरीले दिने सेवा जनमुखी, पारदर्शी र छिटो छरिताे हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । यस्तै देश भरी नै प्रहरी दिवसका अवसरमा केही दिनदेखि नै रक्तदान, वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् । 
 
 

तपाईको प्रतिक्रिया