00:00:00
स्थानिय

१३ लाख बराबरका अवैध सामान बरामद

सोमबार असोज १८, २०७८/ Monday 10-04-21

हरि शर्मा,परासी
२०७८ असोज १८
 

       भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख बराबरका अवैध सामान बरामद गरेको छ । 
जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गरेको अवस्थामा बर्दघाट, सुस्ता र महेशपुर नाकाबाट उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभएको छ ।

   आइतबार राती पिकअप भेनबाट ल्याउँदै गरेको अवस्थामा बर्दघाटबाट बरामद गरिएका सामानमा ६ लाख ७७ हजार बराबरको तामाका भाँडा र कुखुराको लागि प्रयोग हुने औषधि छन् । सुस्ताको रतनगञ्जबाट पिकअप भेनमा राखेर ल्याउँदै गरेको अवस्थामा ५ लाख बराबरको ९ सय ६४ लिटर मोबिल बरामद गरिएको छ । 

  त्यस्तै महेशपुरको कुस्माबाट १ लाख ५० हजार बराबरका विद्युतिय सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका सामान र सवारी साधानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी लामाले जानकारी दिनुभयो। दुवै देशबाट सीमा नाका खोलेसँगै तस्करी कार्य बढ्ने सक्ने भएकाले प्रहरीले निगरानी बढाएर चेकजाँचलाई तिव्रता दिइएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताउनुभयो। 
 

तपाईको प्रतिक्रिया