00:00:00
स्थानिय

राष्ट्रिय युवा संघ तिलोत्तमा–१४ मा नयाँ नेतृत्व

आइतबार असोज १७, २०७८/ Sunday 10-03-21

लक्षमण पौडेल,तिलोत्तमा
 २०७८ असोज १७

         राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटीको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ को वडा भेला सम्पन्न भएको छ ।संघका तिलोत्तमा  नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको भेलाको उदघाटन एमाले जिल्ला सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले गर्नुभएको थियो। 

        भेलाले अमित थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ सेन्चुरी, दिपक दर्लामी, जीवन भुर्तेल, महालक्ष्मी गुरुङ रहेका छन् भने सचिवमा रवि अर्याल, कोषाध्यक्षमा योगेश चौधरी र सहसचिवमा सुजन मल्ल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अरुण पाण्डे, अभिषेक खरेल, प्रेम गुरुङ, नारायण भण्डारी, जितेन्द्र केवट, विशाल थारु, तोरन छन्तेल, गोविन्द क्षेत्री, श्याम चौधरी, पदम पौडेल क्षेत्री, शशि परियार, सुमन कार्की, नारायण सापकोटा, किरण भुसाल रहेका छन् । 

    त्यस्तै अन्य सदस्यहरुमा राज पुन, ममता थारु, विनोद राना लगायत रहेका छन् । भेलाको उदघाटन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न युवा संघलाई आग्रह गर्नुभयो । चापागाईंले पार्टीलाई चौतर्फी घेराबन्दी गर्न खोजिएको भन्दै जस्तोसुकै परिस्थितिका बाबजुद पनि आगामी निर्वाचनपछि एमाले थप बलियो भएर आउने बताउनुभयो  ।
 

तपाईको प्रतिक्रिया