00:00:00
स्थानिय

पहिरो नियन्त्रणका लागि कांग्रेस द्वारा मुख्यमन्त्री केसीलाई आग्रह 

मंगलबार असोज १२, २०७८/ Tuesday 09-28-21

प्रकाश आचार्य,बुटवल 
२०७८ असोज १२ 

           चुरे अतिक्रमणले बुटवलको ज्योतिनगरमा गएको पहिरो नियन्त्रणका लागि तत्काल काम थाल्न कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूल प्रसाद केसीलाई आग्रह गरेको छ । भदौ १३ र असोज ४ गते पहिरो जाँदा बुटवल–३ र ४ ज्योतिनगरमा २० भन्दा बढी घर पुरिएका छन । भने, ज्योतिनगर बस्ती नै जोखिममा परेको छ ।
 
     नेपाली कांग्रेस नवनिर्वाचित उपमहागर समितिले ज्योतिनगर लक्ष्मीनगर क्षेत्रमा गएको पहिरोबाट प्रभावितलाई राहत प्याकेज ल्याउन तथा अल्पकालिन र दीर्घकालिन व्यबस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो । मुख्यमन्त्री केसीलाई भेटेर पहिरो प्रभावितलाई राहत तथा उनीहरुलाई तत्काल व्यबस्थापन गर्न माग गरेको हो । नगर समितिका सभापति खेलराज पाण्डेले पीडित बासिन्दाको व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गर्नुभएको छ। 

  तिनाउ दानव नदिको कटानका कारण भएको क्षति प्रति पनि गम्भिर बन्न आग्रह गर्दै उनीहरुलाई समेत राहतको व्यबस्था गर्न र तटवन्धनको
प्रवन्ध मिलाउन माग गरेको छ । बुटवलको राजमार्ग चौहारादेखि गोलपार्क सडक अत्यन्तै बिग्रिएको भन्दै त्यसलाई समेत तत्काल सुधारको लागि मुख्यमन्त्रीको ध्यान पुग्नुपर्ने बताएको हो ।

    ज्ञापन पत्र बुझ्नै मुख्यमन्त्री केसीले प्रदेश सरकारले पहिरो प्रभावितलाई राहत,उद्धार र व्यबस्थापनलाई प्राथमिकता दिइएको बताउनुभयो । मुख्यमन्त्री केसीले त्यसको लागि सरकारको तर्फबाट तथ्यांक संकलनको काम भइरहेको र चाडपर्व अगावै राहत दिनेगरी सरकारले तयारी गरेको जानकारी गराउनु भएको कांग्रेस नगर समितिका सचिव छायाँ पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया