00:00:00
स्थानिय

५ हजार धरौटीमा छुटे बुटवलका मेयरलाई मुक्का हान्ने पङ्गेनी 

मंगलबार असोज १२, २०७८/ Tuesday 09-28-21

बुटवल २०७८ असोज १२ 

          बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा भएका छन् । पङगेनीलाई ५ हजार धरौटीमा सोमबार साँझ छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताउनुभएको छ।

बुटवल–३ ज्योतिनगरमा असोज ४ गते बिहान पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि पङ्गेनीले द्रुव्यबहार गरेका थिए । प्रहरीले पङ्गेनीलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई द्रुव्यबहार गर्ने पङ्गेनी आँफै बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।

तपाईको प्रतिक्रिया