00:00:00
स्थानिय

सैनामैनामा ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु

मंगलबार असोज १२, २०७८/ Tuesday 09-28-21

बुटवल - २०७८ असोज १२ 

           पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ४२  वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

      पश्चिमबाट बुटवलतर्फ आइरहेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा बस पर्खेर बसेका उनीहरुको मृत्यु भएको हो । कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको थियो । 

       दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्युु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया