पत्रकार चाैहानकाे स्मृतिमा प्रेस संगठन रुपन्देहीद्धारा शाेकसभा
रुपन्देही - २०७८ असोज ९
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनीका प्रदेशका सदस्य बिन्दु चाैहानकाे निधनको ११ औं दिनकाे पुण्य तिथिमा प्रेस संगठन नेपाल रुपन्देहीले श्रद्धाञ्जली अर्पण गर्दै उनकाे स्मृतिमा शोक सभाको आयोजना गरेको हो।
व्यावसायिक पत्रकारिताका धरोहर चौहानले लुम्बिनी क्षेत्रमा रहेर जनयुद्ध कालदेखि नै पत्रकारिता गर्दै आएका थिए । उनि एक निडर निष्पक्ष र क्षमतावान मधेसी समुदायकाे गर्भिलाे पहिचानकाे रुपमा स्थापत पत्रकार हुन । चौहानकाे केहि दिन अगाडि निमोनियाकाे कारण रूपन्देहीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियाे ।
रुपन्देहीकाे लुम्बिनी स्थिति उनकै घरमा भएको साेकसभा कार्यक्रममा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेशका ईन्चार्ज राम प्रसाद बन्जाडे ' टंकमणि ' ले मृत्युकाे दु;खद घडिमा हाम्राे पाटि दुखि छ । चाैहानकाे परिवार सँग पनि रुपन्देही जिल्ला पाटि सधै सहकार्यमा रहने प्रतिबद्धता जाहेर गर्नुभयाे ।
माओेबादि केन्द्र लुम्बिनी प्रदेश संयाेजक नारायण जि.सि ' निर्मल ' ले बिन्दु चाैहान भैतिक रुपमा टाढा भए पनि उहाँ पाटि र पत्रकार संगठन प्रतिकाे याेगदानले उहाँ मरेर पनि बाचिरहनु भएकाे छ । उहाँकाे सम्झानामा पाटिले पनि कँही कतै अक्षयकाेष वा सार्वजिनक ठाउँमा संरचना निर्माण गर्नेछ। याे घरपरिबारले एक्लाे महसुस कहिले गर्ने छैन पाटि ले सधै अभिभावकत्व गर्ने बताउनु भयाे ।
चौहानको पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान रहेकाे र उहाँकाे काम प्रतिकाे लगावलाइ उच्च सम्मान गर्दै प्रेस संगठन रुपन्देहीले नगद १० हजार रुपैया चैहानकाे परिवारलाई सहयाेग गरेकाे थिए । प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझीले छाेराछाेरिलाई पनि राेजगार र नि;शुल्क शिक्षाकाे बिषयमा संगठनले पहल गरिरहेकाे बताउदै चाैहानकाे स्मृतिमा संगठनकै तर्फबाट अक्षय काेष स्थापना गरि पत्रकारिता पुस्कार बितरणकाे व्यबस्था गर्ने र चाैहानकाे परिवारलाई संगठनले सधै अभिभाबककाे भुमिकाे खेल्ने बताउनु भयाे ।
तपाईको प्रतिक्रिया