राजन पन्थी, तिलोत्तमा
२०७८ असोज ६
बालमैत्री स्थानीय शासन नीतिगत कार्यान्वयन तथा घोषणाका लागि प्रकृयागत दिशा निर्देश सम्बन्धी नगर स्तरीय अन्तरकृया कार्यक्रम रुपन्देहीको तिलोत्तमा-४ ड्राइभरटोलमा आज सम्पन्न भएको छ।
कार्यक्रममा तिलोत्तमा नगर पालिकाका १७ वटै वडाका गरी झण्डै ३०० जना सरोकारवालाहरुले आगामि मंसिर २९ गते तिलोत्तमा नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।
यसरी प्रतिबध्दता पत्रमा हस्ताक्षर गर्ने हरुमा नगर प्रमुख बासुदेब घिमिरे, उप प्रमुख जगेश्वर देबी चौधरी सहितका जन प्रतिनिधीहरु, नगर कार्यपालिकाका तथा वडा तह र सेवा प्रदायक कार्यालयमा कार्यरत कर्मचारीहरु, शिक्षक,सुरक्षा निकाय ,राजनैतिक दल , टोल बिकास संस्था, बालसमूह, र ब्यापारीक संघसंस्था संबध्द ब्यक्तिहरु रहेका छन्।
नगर प्रवक्ता सुरेन्द्र श्रीको संचालनमा भएको कार्यक्रममा बालमैत्री स्थानिय शासन राष्ट्रीय सहजकर्ता बिष्णु प्रसाद चौबेले बालमैत्री घोषणा को लागि आबस्यक तयारी, कार्यान्वयन प्रकृया,यसका सूचकहरु, पुरागर्नुपर्ने मापदण्ड र तहगत जिम्मेवारी, अनुगमन सहित घोषणा अघि र घोषणा पछी गर्नुपर्ने सबै कार्यहरुबारे प्रष्ट पार्नुभएको थियो । घोषणाको मिति भने बिभिन्न कारणले पछी सर्दै हाल तेस्रोपटक मंसिर २९ गतेका लागि निर्धारण गरिएको हो ।
तपाईको प्रतिक्रिया