रुपन्देही २०७८ भदौ २९
सम्पत्ति कारण आमा–बाबुले ८ महिने शिशुको हत्या गरेको खुलेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए ।
‘मृतक शिशुको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले घटेको बताउदै रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले आफ्नै घरको छतमा ८ महिनाको दुधे नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुल्न आएको बताउनुभएको छ ।
शिशुको हत्या भएकोे आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको र बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ । मृतक शिशु सुरज मल्लाहाका आमा–बुबाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया