नारायाण न्यौपानेलेको कांग्रेस तिलोत्तमा नगर सभापति पदमा उम्मेदवारी
पवित्रा चौधरी
तिलोत्तमा २०७८ भदौ २६
तिलोत्तमा नगरपालिका वडा नं ९ का नारायाण न्यौपानेले नेपाली कांग्रेसको आउने तिलोत्तमा नगर अधिवेशनमा आफु सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
तिलोत्तमा ५ मणिग्राममा पत्रकार सम्मेलनमार्फत उहाँले नगरसभापति पदको लागि उम्मेदवारी दिएको घोषणा गर्नुभयो । उम्मेदवारी सँगै प्रचार–प्रसार पनि सुरु गरिसकेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तिलोत्तमा नगरपालिका वडा नं ९वडाअध्यक्ष न्यौपानेको उम्मेदवारीसँगै काङ्ग्रेसको नगर अधिवेशनको चर्चा सुरु भएको छ ।
नगरका १७ वडाका अगुवा कार्यकर्ताहरुसँग भेटघाट तिव्र पारेका न्यौपानेले आफू अहिले पनि वडाको विकासमा सक्रिय भएर लागेका र नगर सभापतिमा निर्वाचित भए नगरको विकासमा अझ क्रियाशिल भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस तिलोत्तमा नगर अधिवेशन यही भदौ २७ गते हुने तय भएको छ । नेपाली काङ्ग्रेसमा पूर्व सभापति हरिललाल पाण्डे र हरि तिवारीले समेत उम्मेदवारी दिने बताइसक्नुभएको छ ।
तपाईको प्रतिक्रिया