00:00:00
शिक्षा

तिलोत्तमाका विद्यालय असोज ४ गतेदेखि सञ्चालनमा आउने

बुधबार भदौ २३, २०७८/ Wednesday 09-08-21

२०७८ भदौ २३ 

      रुपन्देहीको  तिलोत्तमा नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् । नगरभित्रका कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि बुधबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमति दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभएको छ।

साथै विद्यालयहरुले संम्बन्धीत विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैको आचारसंहिता समेटेर असोज १ गतेसम्म कक्षा संचालन गर्ने कार्ययोजना पेश गर्न आग्रह गरेको छ । विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताउनुभएको छ।

कक्षा कोठाभित्र भौतिक दुरीको व्यवस्था गरी एक बेन्चमा २ जना मात्रै राख्नु पर्ने पौडेलले बताउनुभयो । यस्तैै बस सञ्चालन गर्ने विद्यालयहरुले बस भित्र सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र बसको सिट क्षमता भन्दा बढी विद्यार्थी विद्यालयले राख्न नपाउने पौडेलले बताउनुभयो।

साथै अर्को सूचना नभएसम्मका लागि मन्टेश्वरी/बालबिकास (प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी) का कक्षा भने सञ्चानल गर्न नपाइने नगरपालिकाले जनाएको छ । 

तपाईको प्रतिक्रिया