बुटवल २०७८ भदौ १६
अर्घाखाँचीमा छ । तीन जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।
पहिरोमा सुनारका १३ वर्षिय छोरा लक्ष्मण सुनार र छिमेकी चन्द्र बहादुर सारुको १२ वर्षिय छोरा मोहन सारुलाई प्रहरी र स्थानियको पहलमा तत्काल पहिरोबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।उद्धार गरिएका घाईतेहरुको हात खुट्टामा सामान्य चोट अवस्था मध्यम रहेकोमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ब्पहिरोमा पुरिएर १ भैसी मरेको छ भने ६ वटा बाख्रा र १ पाडो सकुशल उद्धार गरिएको । अहिले भने पहिरोको जोखिममा नरहेको प्रहरीले दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया