00:00:00
स्वास्थ्य

पाल्पामा घरको गारो भत्किँदा च्यापिएर एक बालिकाकाे ज्यान गयाे

आइतबार भदौ १३, २०७८/ Sunday 08-29-21

पाल्पा- २०७८ भदौ १३ 

        पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको ज्यान गएको छ । तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उहाँकी १० वर्षीया छोरी नैना दर्जीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए । यस्तै तानसेन-११ सम्मोबारीमा पहिरो जाँदा तानसेन-रिडी सडकखण्ड र रम्भा-३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ-रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया