00:00:00
स्वास्थ्य

५० लाख ६३ हजारले लगाए नेपालमा कोरोना खोप

शनिबार भदौ १२, २०७८/ Saturday 08-28-21

काठमाण्डौ- २०७८ भदौ १२ 

           नेपालमा हालसम्म ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । नेपालमा शुक्रबारसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभएको हो। 

   डा. पौडेलले हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड / एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन्।

      प्रवक्ता डा. पौडेलले ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका बताउनुभयो । यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार ७४९ जनाले लगाइसकेका छन् । प्रवक्ता डा. पौडेलले गत वर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएकोमा ५० लाख बढीलाई खोप लगाउनु सकारात्मक विषय भएको बताउनुभयो।  

     डा.पौडेलले एस्ट्राजेनिका खोप सबैभन्दा बढी बागमती प्रदेशमा पाँच लाख ५७ हजार ९२० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो । प्रदेश १ मा तीन लाख १४ हजार ११७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । प्रदेश २ मा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेमा तीन लाख २२ हजार ९११ जनाले पहिलो मात्रा खोप लगाएका छन् । गण्डकीमा दुई लाख आठ हजार ७७७, लुम्बिनीमा तीन लाख सात हजार ८७४, त्यसैगरी कर्णाली प्रदेशमा एक लाख १७ हजार २४८ र सुदूरपश्चिम प्रदेशमा दुई लाख २२ हजार २३० जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

तपाईको प्रतिक्रिया