00:00:00
स्थानिय

बाढीका कारण नवलपरासीमा ३ जनाको मृत्यु

शनिबार भदौ १२, २०७८/ Saturday 08-28-21

परासी - २०७८ भदौ १२ 

     नवलपरासी जिल्लामा अविरल परेको बर्षाका कारण आएको बाढीले ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८ बन्जरीयाका विनोद प्यासी, प्रदिप प्यासी र सुनवल–४ तुरियाकी एलिसा तामाङ्ग रहेकीछन् ।

   जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी राजु लामाले लगातार भएको बर्षाका कारण आएको बाढी घरमा पसेपछि सुरक्षित स्थानको खोजीमा जानेक्रममा बाढीले बगाउदा उनीहरुको ज्यान गएको जानकारी दिनुभयो । प्रहरीका अनुसार ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८,बन्जरीयाका ३७ बर्षीय विनोद प्यासी र उनका १३ बर्षीय छोरा प्रदिप प्यासी रहेका छन् । त्यसैगरी सुनवल–४ तुरिया खोला नजिकै घरभएकी १० बर्षीय एलिसा तामाङ्ग रहेकी छन् ।

बाढीले बगाएका बन्जरीयाका प्यासीका बाउछोराको शव घर भन्दा केहि तल खेतमा फेला परेको छ भने सुनवल–४ तुरियाकी एलिसा तामाङ्गको शब भने अझैसम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया