00:00:00
कृषि

रासायनिक मल ल्याउने वातावरण बनाइदिन पाँच मुलुकसँग आग्रह

बिहीबार भदौ १०, २०७८/ Thursday 08-26-21

काठमाण्डौ २०७८ भदौ १० 

          नेपालले भारतसहित पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको जनाएको छ ।गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालय स्रोतले बताएको छ। ‘यो सिजनलाई मल खरिदका लागि गरिएको १४ वटा टेण्डरबाट मल आएन, अभाव चिर्न कुटनीतिक प्रयास थालिएको हो । 

देशैभर अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैमा हाल्न मल अभाव रहेको मन्त्रालयले जनाएको छ । ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी छ । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया