बुटवल-२०७८ भदौ ७
लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको समयमा नै नेकपा एमालेका सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै सभामुखलाई पत्र बुझाएको थिए ।तर अर्को दलको सदस्यलाई कारवाही गर भन्नु संसदीय मूल्य मान्यता विपरीत भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताउनुभएको छ ।
घर्तीले सांसद बिमला कुमारी वली आफ्नो पार्टीको संसदीय दलको सदस्य भएको बताउनुभएको छ। प्रदेशसभाको बैठकमा एमालेले नारावाजी गरि रहेको अवस्थामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बिमला कुमारी वली माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको बताउनुभएको हो।
तपाईको प्रतिक्रिया