काठमाडौं-२०७८ भदौ
पछिल्लो एक सातामा उद्योगहरुले सबै प्रकारको खाने तेलको भाउमा बढाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिनुभएको हो। एकाएक तोरी,सनफ्वालर र भटमास सबैको मूल्य बढ्नुको कारण भने उद्योगीले भनेका छैनन्, तर अझै मूल्य बढ्ने बताएका छन,’ अधिकारीले भन्नुभयो ।
खाने तेलको भाउ गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको थियो झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिनुभयो । केही समय घटेको प्रचार गरिएको तेलको भाउ पुनः पुरानै अवस्थामा पुर्याइएको बज्राचार्यको भनाइ छ ।
बज्राचार्यले घटाएको जस्तो बहाना बनाएर उद्योगीले पुनः उपभोक्तालाई तेलको मूल्यमा अन्याय गरेको आरोप लगाउनुभएको छ । साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ अहिले २४० रुपैयाँ पुगेको संघले जनाएको छ ।यस्तै धारा तोरी र भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया