रुपन्देही-तिलोत्तमा
२०७८ जेष्ठ २०
सधैं जस्तो त्यो दिन पनि म कार्यालय बिदा भएर शायद साझ ५:२० भएको थियो होला घर तिर जादै थिए पछाडिबाट आइरहेको एम्बुलेन्सको आवाजले म झसँग भए मनमा पिडा भयो अतालिए जस्तै भए म स्कुटीको रफ्तार बिस्तारै कम गरे हे भगवान कहिले सम्म होला सोच्दा सोच्दै मलाई उछिनेर हर्न बजाउदै अगाडि बढयो एम्बुलेन्स मुटु चस्क्क भयो को होला कती पिडा भयो होला मैले अनुमान लगाउनै सकिन। यो पिडा न बाड्न सकिने न साट्न सकिने अचानक मेरो दादालाई सम्झिन पुगे म मात्र १९ दिन भएको रहेछ मैले मेरो दादा, भाउजुले आफ्नो श्रीमान अनी सानो भदैनिले आफ्नो बाबा गुमाएको मन भक्कनिएर आयो अनाएसै आसुले आँखा ढाके आँखै नदेखे जस्तै भयो मलाई...
बिस्तारै अस्पतालमा दादालाई अक्सिजन लगाएको अनी अक्सिजन लगाएर पनि आत्तिरहेको सम्झिन पुगे त्यही बाटोमा बसेर रोइदिउ जस्तै भयो तर चाहेर पनि केही गर्नै सकिदो रहेनछ अरुलाई सम्झाए जस्तो सजिलो हुदोरहेनछ आँफैलाई सम्झाउन आसु पुछ्दै घर पुगे। लुगा पनि नफेरी बिस्तारमा पल्टिए सम्झनाका ति पलहरु कुनै फिल्म जस्तै घुम्न थाले मेरो आँखा अगाडि लुम्बिनी प्रदेसिक अस्पातल बुटवलमा रखिएको थियो वहाँलाई कोरोना संक्रमित् भएको १० औ दिन अली बढी नै गार्हो भएको थियो । केही समय पछी म अस्पातल पुगे "नानु तिमी आयौ,सञ्चै छौ?" यही थियो मेरो लागि मेरो दादाको अन्तिम शब्द भगवान आफुलाई यती गार्हो हुँदा पनि वहाँलाई मेरो सन्चो बिसन्चोको चिन्ता थियो । म केही बोल्नै सकिन बाहिर निस्किए मन त लागेको थियो दादालाई समातेर डाको छोडेर रुन तर रोगले आफन्ति को हो? माया के? नबुझ्दो रहेछ वहाँलाई समाउनु त परै जावस नजिक जाने अनुमती पनि थिएन । त्यो छट्पटी उफ्फ कती गार्हो भएको थियो होला दादालाई तर आफ्नो कारणले कसैलाई दु:ख दिन नचाहने सधैं आफ्नो दु:ख लुकाउने वहाँको नराम्रो बानी थियो।
अस्पतालको १० औ दिन काठमाण्डौ लैजानु पर्ने भयो सबै जना हेलिकप्टरको पर्खाइमा थियौ । हेलिकप्टर आउन निकै समय लगायो जती आत्तिए पनि कुर्नु बाहेक केही उपाए नै थिएन हामीसँग मनले बारम्बार एउटै कुरा सोचिरहेको थियो गाडीहरु जस्तै सजिलै हेलिकप्टर पनि पाउने भए कती राम्रो हुन्थ्यो होला धेरै बिरामीलाई अकालमा ज्यान गुमाउन पर्दैन थियो होला मैले जस्तै हरेक बिरामीका आफन्तले सोच्नुहुन्छ होला यही कुरा तर सम्भव थिएन ।
काठमाण्डौ ग्रान्डी इन्टेरनेसनल अस्पातल लगिएको थियो वहाँलाई फोनको सहारा बाहेक केही थिएन मेरो साथमा भाउजुलाई फोन गर्यो भाउजुको कुरा गर्ने तरिकाबाट दादाको स्वास्थको अनुमान लगाउने गर्थे म कहिले राम्रै कुरा गर्ने कहिले रुदै अनी कहिले फोन नै रिसिभ नगर्दिने धेरै माया लाएको रे झन चाहिने नचाहिने कुराहरु सोच्न पुगिने । अस्पातल पुगेको दोस्रो दिनबाट भेन्टिलेटरमा राखियो वहाँलाई भेन्टिलेटर बसाइको १४ औ दिन दादाले हामी सबैलाई कहिले नफर्किने गरी सधैंको लागि छोडेर जानु भयो कहिले कसैको नराम्रो नसोच्ने नराम्रो नगर्ने चिनेको होस् या नचिनेको सहयोगको लागि सधैं अगाडी आउने भन्ने गर्छन् मान्छेहरु राम्रो मान्छेलाई भगवानले छिट्टै लैजान्छन रे हो मेरो दादालाई पनि भगवानले धेरै मन पराए । तर तिमीसँग एउटै प्रश्न छ भगवान सधैं भरी तिमीलाई मात्र किन आवश्यक पर्छ राम्रो मान्छेको?
थाहा छ कहिलेकाही सबै कुरा राम्रो हुँदाहुँदै पनि समय आफ्नो हुँदैन तर पनि आफ्नै मन मान्दैन सबै कुरा सकिए जस्तै लाग्छ बिचरा भाउजु अनी त्यो नानु जस्ले जिन्दगी अझै बुझेकै छैन। हजुर जहाँ भए पनि दादा यो बैनिको मनमा हजुरको ठाउँ जस्तो पहिला थियो त्यस्तै रहने छ सधैं सधैं "हार्दिक श्रद्धान्जली दादा हजुरको बैकुण्ठ बास होस "
लेखक-शारदा शाही ठकुरी
रेडियो लुम्बिनीमा कार्यरत
तपाईको प्रतिक्रिया