गुल्मी, ठुलो लुम्पेक
२०७७ मंसिर ६
म पुष्पाञ्जली क्षेत्री हो मेरो जन्म २०५६ साल असोज १ गते गुल्मी जिल्लाको पहिलेको ठुलोलुम्पेक गा बि स बडा नम्बर ६ र हालको सत्यवती गाउपालिका ३ मा भएको हो । मेरो आमाको कुन्ती क्षेत्री र बाबाको नाम सोमबहादुर क्षेत्री हो । म घरमा कान्छी छोरी सबैको निकै मायामा हुर्कीएकी हुनत मेरा २ वटा भाइहरु पनि छन र मलाइ असाध्यै माया गर्ने र हरेक काम र बाटोमा सही कल्लाह र साथ दिन दीदी पनि हुनुहुन्छ खै किन हो मलाइ अरुको धेरै माया पाएजस्तो लाग्थ्यो । मेरो खास नाम दिलमाया हो तर यो नाम कसैलाइ नी थाहा थिएन यहासम्म की मलाइ पनि थाहा थिएन पछि मात्र थाहा पाएकी यो नाम जन्मदर्तामा मात्र सिमीत थियो । म बाबाकी एकदमै प्यारी छोरी थिए रे मैले त बाबालाइ राम्रोसँग चिनिन मैले चिन्नुभन्दा नै मरो बाबा भगवानको प्यारो हुनुभयो तर पनि मेरी दिदीले चाही बाबाको बानी ब्यबहार हामीलाइ गरेको माया सम्झीनुहुन्छ ।
खै हामीलाइ बाबाको माया पाउन सानैदेखि नलेखेर नै होला बाबा पहिले मानसिक रोगी हुनुन्थ्यो रे आफु रोगी हुदा पनि छोरा छोरीले म बेही भैहाले भए भने दुख पाउलान भनेर पिर लिइरहनुल्थ्यो हाम्रो जन्मदर्ता गरिदिदा पनि अति छिटा भत्ता खालान भनेर उमेर बढाएर नै हाम्र्रो जन्मदर्ता र्गिर्दनुभएको रहेछ , आफु त्यस्तो अबस्थामा पनि आमासँग मैलै छोरीलाइ गायन र नृत्यमा सक्षम बनाउने उहाको साह्रै चाहाना थियो र आमासँग यदि म केही भइहाले भनेपनि छोरा छोरीलाइ नपिटेस मेरो अभाब महसुस हुन नदिएस भन्नुहुथ्यो रे ।
बाबाको निधन भएपछि हजुरबाबा हजुरआमाको पनि निधन भयो । आमाले हामीलाइ एक्लै हुर्काउनुभयो गाह्रो हुथ्यो घरको जग्गा पनि धेरै नै भएको हुदा हामीलाइ हेर्ने की खेती गर्ने त्यो बेलामा कसैको नि सहयोग पाउनुभएन रे मेरी आमाले । मामाघर पनि हाम्रो नजिकै थियो मामाघरमा मामा हुनुन्थ्यो तर मामा बिदेश जानुभाको फर्कनु भएन मामाघरको हजुरबाबा आमालाइ पनि आमाले नै हेर्नु पर्थ्यो आमालाइ साह्रै गाह्रो थियो तर पनि आमाले कहिले हार मान्नु भएन अनुहारमा सधै हासो देखाउनुहुथ्यो । सधै सकरात्मक सोच्ने मेरी आमाले त्यो अबस्थामा पनि कसैसँग सहयोगको हात फैलाउनुभएन बरु निरन्तर अरुलाइ सहयोग गरिरहनुभयो ।
आजभोली यहाँ सम्म आइपुग्दा मेरी आमाको दुखमा केही कमी भने आएको छ तर पनि मनै त हो घरीघरी पिर मान्नुहुन्छ म सकेको सम्झाउने प्रयास गर्छु कैयौ पटक असफल पनि हुन्छु । अहिले भने मेरो एक जना धर्मदाइ पनि हुनुहुन्छ एकै आमाले जन्म नदिए पनि आफ्नै भन्दा पनि धेरै माया गर्ने धेरै ख्याल गर्ने प्रकाश दाई मलाइ सधैं सही बाटा देखाउने गर्नुहुन्छ । अहिले मेरी दिदीको नजिकै बिहे भाको छ र त्यही नजिकैको बिधालयमा शिक्षक हुनुहुन्छ मेरो ठुलो भाइ बिदेशमा छ र आमालाइ सहयोग गरिरहेको छ सानो भाइ अहिले कक्षा ११ मा गाउ कै स्कुलमा अध्ययनरत छ आमासँग नै बसेर पढेको छ र म पनि आफनो पढाइलाइ निरन्तरता दिदै हाल काठमाडौमा बसेर सांगितिक क्षेत्रमा पनि पाइला चाल्दै छु । मलाइ गीत गाउनका लागि अबसरहरु पनि आइरहेका छन तर मैले पहिले आफ्नै लगानीमा गीत निकालेर यो क्षेत्रमा अझै सशक्त रुपमा लाग्न चाहान्छु त्यसैले निरन्तर काम गरिरहेकी छु आशा छ म मेरी आमा र बाबाको सपना पुरा गर्न सक्छु म आत्तिएकी छैन एकदिन म सफल भएर मेरी आमाको अनुहारमा खुसी ल्याउने छु ।
लेखक: पुष्पान्जली क्षेत्री
हाल काठमाण्डौ
बि एड पहिलो बर्ष-अध्ययनरत
तपाईको प्रतिक्रिया