मनोरन्जन
सुपौलीमा समपुर्ण साँस्कृतिक साँझ २०८३ सम्पन्न
लोकगीत र मौलिक प्रस्तुतिले दर्शक मन्त्रमुग्ध
आइतबार कार्तिक २३, २०८३/ Sunday 11-08-26
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–१४, सुपौलीमा समपुर्ण साँस्कृतिक साँझ २०८३ सम्पन्न भएको छ । समपूर्ण युवा क्लबको आयोजना रहेको साँस्कृतिक साँझमा स्थानीय कलाकारहरूले विभिन्न लोकगीत, संगीत तथा मौलिक गीत संगीतमा आफ्नो प्रस्तुतिले दर्शक मन्त्रमुग्ध पारेका थिए ।
शनिबार साँझ आयोजित कार्यक्रममा सुपौलीसहितका विभिन्न आसपासका गाउँबाट आएका दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो भने कलाकारहरूको प्रस्तुतिले कार्यक्रमस्थल खचाखच भरिएको थियो ।
स्थानीय लोकसंस्कृति र कलाको संरक्षण तथा प्रवद्र्धनसँगै दीपावलीको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समपुर्ण युवा क्लवका अध्यक्ष आविर सिंह पाइजाले जानकारी दिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव तथा कार्यक्रम संयोजक रवि अर्याल र सञ्चारकर्मी प्रकाश पाण्डेले संयुक्त रूपमा गरेका थिए ।
तपाईको प्रतिक्रिया