00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिकाले  दुई दिनमा गर्यो  १३ मिठाई पसल तथा होटलमा  बजार अनुगमन ।

बुधबार असोज २८, २०८३/ Wednesday 10-14-26

 

बिन्दु भट्टराई,तिलोत्तमा २७ असोज । 
तिलोत्तमा नगरपालिकाले बुधबार पनि बजार अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नगरले स्थानीय तह एवं खाध तथा गुण नियन्त्रण कार्यालय भैरहवासँगको समन्वयमा बजार अनुगमन थालेपछि व्यवसायीहरू समेत सतर्क भएका छन् । मंगलबार नगरको कोटीहवादेखि मणिग्रामसम्मका मिठाई तथा खाद्य गरी ८ वटा पसलमा अनुगमन गरेको टोलीले बुधबार पनि मणिग्रामदेखि यगिकुटीसम्मका ठुलासाना गरी ६ वटा मिठाई पसल तथा होटलमा अनुगमन गरेको हो  । 
 

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वदेवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा २ दिनमा तिलोत्तमाका १३ वटा पसलमा तेल,चास्नी,भान्सा सरसफाई तथा दर्ता भए नभएको वा नविकरण गरिएको वा नगरिएको विषयमा बढी चासो दिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा नगरउपप्रमुख चौधरीले आम उपभोक्तामा सचेतना र व्यवसायीमा सतर्कता जगाउने अभियान स्वरुप नगरपालिकाले अनुगमनलाई तिव्र पारेको जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम खनालले राम्रोसंग संचालनमा रहेका होटल तथा पसलहरु पनि नगरपालिकामा दर्ता नभएको पाईएकोले दर्ता तथा नविकरण गर्न र समस्या देखिएका होटल तथा पसलहरुले फेरि पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाईए हदैसम्मको कार्वाहीलाई अगाडी बढाईने बताउनुभयो ।

त्यस्तै खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षण अधिकारी प्रकाश भण्डारीले तेलमा विशेष समस्या देखिएकोमा जोड दिदै उपभोक्तालाई विशेष सतर्क रहन सुझाउनुभएको छ ।  

अनुगमन टोलीमा नगरपालिकाका कर्मचारी, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रतिनिधी ,व्यवसायिक संघसंस्थाहरु तिलोत्तमा उद्योग बाणिज्य संघ,तिलोत्तमा व्यापार संघ,तिलोत्तमा उद्योग व्यापार संगठन,प्रहरी,नगरप्रहरी,पत्रकार लगायतका प्रतिनिधि सहभागी थिए । 
 

तपाईको प्रतिक्रिया