00:00:00
स्थानिय

नेशनल प्याथ ल्याबद्धारा भोटेकोशी बाढी प्रभावितालाई १५ लाख ५५ हजार सहयोग, 

थप २० लाख दिने प्रतिबद्धता
शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

तिलोत्तमा । भदौ २० गते ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पु¥याउन नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले रु. १५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा विपद्पछि दूषित पानी, सरसफाइको अभाव तथा संक्रामक रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य सुरक्षालाई समेत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा मानेर सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको छ । तर, ल्याबको सहयोग तत्कालीन राहतमा मात्रै सीमित हुने छैन ।

प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका शैक्षिक, स्वास्थ्य तथा समुदायस्तरीय क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि चरणबद्ध रूपमा थप रु. २० लाखसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार, स्थानीय समुदाय र सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने नेशनल प्याथ ल्याबले जनाएको छ ।

तपाईको प्रतिक्रिया