तिलोत्तमामा जापान गोजुरियो कराते डो को ३ दिने सेमिनार तथा क्लोज क्याम्प
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–७, भलवारीमा सञ्चालन भइरहेको ३ दिने सेमिनार तथा क्लोज क्याम्प दोस्रो दिन शनिबार पनि जारी छ । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको आयोजनामा शुक्रबारदेखि सुरु भएको क्याम्प आइतबार समापन हुनेछ । संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बी. राना (काजी) ले कार्यक्रममा जापान गोजुरियो अन्तर्गतका ३० जना ब्ल्याक बेल्टधारी प्रशिक्षक सहित करिब ७० जनाको सहभागिता रहेको छ । रुपन्देहीलाई लक्षित गर्दै सञ्चालन गरिएको यस क्याम्पमा सफल हुने सहभागीलाई आधिकारिक लाइसेन्स प्रदान गरिने रानाको भनाई छ ।
तिलोत्तमा–७ का वडाध्यक्ष देवी पंगेनी, संघका प्रमुख सल्लाहकार तथा नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरतबहादुर के.सी लगायतको उपस्थितिमा,उद्घाटन गरिएको क्लोज क्पाम्प तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा समापन हुनेछ । सो अवसरमा ब्ल्याक बेल्ट ग्रेडिङ, विशेष कराते प्रदर्शन तथा थप १६ जनालाई ब्ल्याक बेल्ट उपाधि प्रदान गरिने कार्यक्रम रहेकोे छ ।
तपाईको प्रतिक्रिया