00:00:00
स्थानिय

गीर्वाण माविमा निवर्तमान प्रधानाध्यापक पराजुलीको सम्मानपूर्ण बिदाई

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

तिलोत्तमा । साउन ७ गते । रूपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा निवर्तमान प्रधानाध्यापक केदारचन्द्र पराजुलीको बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानाध्यापक डिल्लीराज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले पराजुलीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्कृत शिक्षाको संरक्षण, अनुशासन र संस्थागत विकासमा पु¥याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताएका छन् ।

निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमदत्त सुवेदी सल्लाहकार कविराम अर्याल तथा पूर्वविद्यार्थी एवं अक्षयकोषदाता विश्वराज गैह्रेले उहाँको नेतृत्वले विद्यालयलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो ।

सम्मानित हुँदै पराजुलीले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आफू जहाँ रहे पनि विद्यालयको उन्नति र संस्कृत शिक्षाको प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सरुवा भई आउनुभएकी विद्यालय सहयोगी रुपा पौडेललाई स्वागत गरिएको गरिएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य दयानिधि आचार्यले तथा कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव गौतमले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया