रास्वपाद्धारा तिलोत्तमा–१३ र १४ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न
१८० जनाले लिए स्वास्थ्य सेवा
तिलोत्तमा । असार २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ को संयुक्त आयोजनामा आइतबार तिलोत्तमा–१३ स्थित सखिया होम स्टेमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा १८० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका तिलोत्तमा नगर सभापति रुस्तम कडेलले जानकारी दिए ।
रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा पक्षघात (स्ट्रोक) सम्बन्धी जनचेतना अभिवृद्धिसँगै न्युरोलोजीसम्बन्धी स्वास्थ्य परामर्श र परीक्षण गरिएको थियो ।
शिविरमा सहभागीहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनुका साथै पक्षघातको जोखिम, रोकथाम र समयमै उपचारका उपायबारे जानकारी प्राप्त गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिएका छन ।
नेपाल पक्षघात संघ, न्युरो एण्ड एलाइड क्लिनिक तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको सहयोगमा सम्पन्न शिविर प्रभावकारी र उपलब्धिमूलक भएको आयोजक र स्थानीयको भनाई छ ।
तपाईको प्रतिक्रिया