तिलोत्तमा । असर २९ गते । तिलोत्तमा नगरपालिका–५ स्थित कैलाश आमा समूहको आयोजनामा महिलालाई सीपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले ४ दिने धूपबत्ती बनाउने तालिम आइतबारदेखि सुरु भएको छ । समूहकी अध्यक्ष दीपा पाण्डे गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा समूहकी सल्लाहकार तथा पूर्व अध्यक्ष माया कडेरिया प्रमुख अतिथि र जीवन विज्ञान योग केन्द्रकी प्रशिक्षक तथा दिव्य ज्योति आमा समूहकी अध्यक्ष गीता भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
प्रशिक्षक देवी सुवेदीले धूपबत्ती उत्पादनलाई स्वरोजगार र आयआर्जनसँग जोड्न सकिने बताउँदै तालिमको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो । प्रमुख अतिथि कडेरियाले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने बताउनुभयो भने विशिष्ट अतिथि भण्डारीले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । सहभागीका तर्फबाट मीना खरेलले तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको संयोजन अमृता अर्यालले गर्नुभएको थियो । उद्घाटनका क्रममा प्रमुख अतिथि र अध्यक्षले तालिमका लागि आवश्यक सामग्री प्रशिक्षकलाई हस्तान्तरण गर्दै तालिम शुभारम्भ गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया