00:00:00
शिक्षा

प्याब्सन तिलोत्तमाको “निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली” सम्बन्धी तालिम सम्पन्न

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) तिलोत्तमाको आयोजनामा शंकरपुरमा सञ्चालन गरिएको “निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली” सम्बन्धी दुईदिने शिक्षक तालिम आइतबार सम्पन्न भएको छ।

तालिममा तिलोत्तमाका निजी तथा आवासीय विद्यालयका ८० भन्दा बढी शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा दीपक गौतम तथा चन्द्र अधिकारी ले सहजीकरण गर्नुभएको थियो।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको मूल्यांकन प्रणालीका विषयमा केन्द्रित रहेर शिक्षण–सिकाइ सञ्चालन गरिएको आयोजकले जनाएको छ।

सरकारले विद्यार्थी मूल्यांकनको अवधारणामा परिवर्तन गरिरहेको वर्तमान सन्दर्भमा शिक्षण विधिलाई थप प्रभावकारी बनाउन तालिम उपयोगी भएको सहजकर्ता चन्द्र अधिकारीले बताउनुभयो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै टीकाराम न्यौपाने ले प्याब्सन तिलोत्तमाले आयोजना गरेको “निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली” सम्बन्धी तालिम नमुना तथा स्वागतयोग्य कार्यक्रम भएको उल्लेख गर्नुभयो।

गोपाल गौतम को सञ्चालनमा सम्पन्न समापन सत्रमा प्याब्सनका विभिन्न समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको तुल बहादुर सराङ्गकोटी (पवन) ले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया