00:00:00
खेलकुद

पाँचौं जिल्लास्तरीय ज्ञानगँगा अन्डर १६ ब्याडमिन्टन प्रतियोगिताको उपाधी नमुनालाई

मंगलबार फाल्गुण ५, २०८२/ Tuesday 02-17-26

प्रकाश पाण्डे । फागुन ५ गते । पाँचौं जिल्लास्तरीय ज्ञानगँगा अन्डर १६ ब्याडमिन्टन प्रतियोगिताको उपाधी नमुना इंग्लिश बो स्कुलले जितेको छ । ज्ञानगँगा पाठशाला तिलोत्तमा ४ शितलकुन्जको आयोजनामा मंगलबार सम्पन्न अन्तिम तथा फाइनल खेलमा नविन औद्योगिक माविलाई दुई शुन्यको सोझो सेटमा हराउदै नमुनाले उपाधी कब्जा गरेका हो । नमुना इंग्लिश बो स्कुलका मन्दिप पुन र अल्विन पुनको उत्कृष्ट लयका सामु नविन औद्योगिक माविका अनुपम भट्टराई र निश्चल लम्सालको जोडी टिक्न सकेनन र जीत नमुनाको पोल्टोमा गयो ।

रुपन्देही स्तरीय प्रतियोगितामा नोबेल इन्भाइरोन्मेन्ट तिलोत्तमा १६ का डेनिस थापा र दीपेन्द्र रेग्मीको जोडी तृतीय हुदा दीप बोर्डिगँका अर्थव प्रधान र समिप तरामुको जोडीले पनि तृतीय स्थान नै हासिल गरेको छ । प्रतियोगितामा प्रथम, द्धिप्तिय र तृतीय हुनेलाई नगद रु १५ हजार, १० हजार र ४ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा अनुशाशित टिमको उपाधी एपेक्स स्कुलले हात पार्यो भने अर्ली ब्रिडको उपाधी मणिमुकुन्द माविले हात पार्यो ।

यसैगरि उदयीमान खेलाडीको उपाधी माधव तरामुले जिते भने उत्कृष्ट खेलाडीको उपाधी निश्चल लम्सालले हात पारेका छन । विद्यालयका प्राचार्य चन्द्र अधिकारीले रुपन्देही जिल्लाभरिका संस्थागत र सामुदायिक गरि २० भन्दा बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको बताउनुभयो । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई अतिरिक्त क्रियाकलाप मार्फत ब्यक्तित्व विकाश गराउने उद्धेश्य अनुरुप जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको प्राचार्य अधिकारीको भनाई छ । वहाँले विद्यार्थीहरुको भविष्यसँग जोडिएका थुप्रै योजना र कार्यक्रमहरु ज्ञानगँगासँग रहेको भन्दै नयाँ नौला र परिणामुखी कार्यमा विद्यालयले ध्यान दिइरहेको बताउनुभयोे ।

यसैबीच मंगलबार नै आयोजित अभिभावकहरु बीचको म्याराथन प्रतियोगितामा महिलातर्फ सरिता खत्री प्रथम, दुर्गा बस्नेत द्धिप्तिय, सावित्रा घिमिरे तृतीय र दुर्गा खत्रीले प्रोत्साहन स्थान हासिल गर्नुभयो । यसैगरि पुरुपतर्फ बल बहादुर थापाले प्रथम, सत बहादुर रोका द्धिप्तिय, इश्वरी पौडेल तृतीय र टेक बहादुर रायमाझीले प्रोत्साहन स्थान हासिल गर्नुभयो । विजयी सबैलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । 

सोमबार बाल महोत्सव २०८२ आयोजना गरेको विद्यालयले मंगलबार जिल्लास्तरीय ब्याडमिन्टन र अभिभावक म्याराथन सम्पन्न गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेले गुणस्तरीय शिक्षा सहित सुविधा सम्पन्न विद्यालयको रुपमा विकाश गर्दै लैजाने योजना अनुरुप ज्ञानगँगाका हरेक क्रियाकलाप अगाडी बडिरहेको जानकारी गराउनुभयो । उद्धघाटन सत्रमा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, ज्ञानप्रसाद ज्ञवाली लगायतले विद्यालयको भावी योजनाका बारेमा मन्तब्य दिनुभएको थियो । उद्धघाटन सत्रमा प्राचार्य चन्द्र अधिकारीले स्वागत तथा शिक्षक कुलचन्द्र पुरीले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । ज्ञानगँगाले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको समेत आयोजना गरेको छ ।
 

तपाईको प्रतिक्रिया