00:00:00
खेलकुद

गीर्वाण माविमा तिलोत्तमास्तरीय सामुदायिक मावि छात्र भलिबल प्रतियोगिता 

प्रथम हुनेले नगद रु ११ हजार १ सय ११,रुपैंया पाउने
सोमबार माघ २७, २०८२/ Monday 02-09-26

प्रकाश पाण्डे । माघ २६ गते । गीर्वाण सरस्वती संस्कृत तथा साधारण मावि तिलोत्तमा ५ मणिग्रामको आयोजनामा तिलोत्तमा नगरस्तरीय सामुदायिक मावि छात्र भलिबल प्रतियोगिता शुरू भएको छ । हीरक महोल्सव २०८२ को अवसर पारेर आयोजित ३ दिवसीय छात्र भलिबल प्रतियोगितामा तिलोत्तमा नगरपालिका क्षेत्रभित्रका १४ वटा सामुदायिक विद्यालय सहभागी छन । प्रतियोगितामा आइतबार पहिलो चरणका ६ खेल सम्पन्न भए । उद्धघाटन खेलमा आयोजक गीर्वाण माविले दुर्गा माविलाई पराजित गर्यो भने दोस्रो खेलमा जनज्योति माविले जनभावनालाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । 

यसैगरि तेस्रो खेलमा शान्ति नमुना माविले गौतमबुद्ध माविलाई चौथो खेलमा शिवपुर माविले पशुपति माविलाई, पाँचौँ खेलमा जनजागृति माविले बरौलिया माविलाई र छैठौँ खेलमा जनता मावि (मोहनाजोत) ले सेमरा माविलाई हराएर दोस्रो चरणमा प्रवेश पाएका छन । प्रतियोगितामा सोमबार दोस्रो चरण तथा सेमिफाइनलका खेलहरू बिहान १० बजेबाटै सञ्चालन हुने खेल संयोजक दिपकजंग पौडेलले जानकारी दिनुभयो ।  प्रतियोगितामा प्रथम हुनेले रु ११ हजार १ सय ११, द्धिप्तिय हुनेले ८ हजार, ८ सय ८८, तृतीय हुनेले ५ हजार ५ सय ५५ तथा प्रोत्साहन स्थान हासिल गर्ने विद्यालयले नगद रु ३ हजार ३ सय ३३ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल शिक्षक कृष्ण् प्रसाद पोख्ररेलले जानकारी दिनुभयो । 

यसअघि प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेर गीर्वाण माविले गौरवको काम गरेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउँदा विद्यार्थीको ब्यक्तित्व तथा नेतृतव विकाश हुने बताउनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले हीरक महोत्सवको अवसर पारेर विद्यालयले खेलकुदसँगै विभिन्न सृजनात्मक कार्यक्रमको आयोजना गरेको बताउनुभयो । वहाँले सबैको साथ, सहयोग र सर्मथनले हीरक महोत्सव सभ्य, भब्य र सफल रुपमा सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

 विद्यालय ब्यवस्थापन समिति अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनिप्रसाद शर्मा, तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपाने, कार्यपालिका सदस्य रवि सेन्चुरी, सरस्वती पन्चायतन मन्दिरका अध्यक्ष टोपनारायण भण्डारी, विद्यालयका संस्थापक तील प्रसाद भट्टराई, युवा ज्योतिष बिपिन भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमी, खेलप्रेमी महानुभाव लगायतको सहभागिता रहेको थियो । सहायक प्राचार्य दयानिधि आचार्यको स्वागत मन्तब्य र शिक्षक कृष्णप्रसाद पोख्ररेलको सन्चालनमा उद्धघाटन सत्र सम्पन्न भएको थियो । 
 

तपाईको प्रतिक्रिया