00:00:00
स्थानिय

रुपन्देही ३ अन्तर्गत तिलोत्तमा १३ वनकट्टीमा रास्वपाको सम्पर्क कार्यालय

बिहीबार माघ २३, २०८२/ Thursday 02-05-26

प्रकाश पाण्डे । माघ २२ गते । आसन्न प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तिलोत्तमा १३ स्थित बनकट्टीमा निर्वाचन सम्पर्क कार्यालय उद्धघाटन गरिएको छ । बिहिबार रास्वपा तिलोत्तमा १३ को आयोजनामा रास्वपा रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार डा लेखजंग थापाले रिबन काटेर सम्पर्क कार्यालयको उद्धघाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा पार्टीका समानुपातिक तर्फका उम्मेद्धवार ज्ञानु पौडेल, केन्द्रिय तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक साथै स्थानीय नागरिक समेतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार थापाले जनतामुखी राजनीति, सुशासन र जवाफदेहितामूलक नेतृत्वमार्फत देशमा परिवर्तनको अभियानलाई अझ सशक्त बनाइने बताउनुभयो । उहाँले रास्वपाले पुरानो राजनीतिक संस्कृतिको विकल्पका रूपमा नयाँ सोच र कार्यशैली प्रस्तुत गरिरहेको उल्लेख गर्नुभयो ।

सम्पर्क कार्यालयलाई निर्वाचन अभियानको केन्द्र तथा भेटघाट र प्रचारप्रसार गर्ने स्थानका रूपमा प्रयोग गरिने छ । कार्यालयमार्फत मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन, गुनासा सुन्ने तथा संगठन विस्तारसम्बन्धी गतिविधिहरू सञ्चालन गरिने पार्टीले जनाएको छ । यसैक्रममा आजै तिलोत्तमा १३ का स्थानीय जनताका घर घर पुगेर घरदैलो समेत सम्पन्न गरिएको जनाइएको छ ।


 

तपाईको प्रतिक्रिया