00:00:00
स्थानिय

रामजानकी शिव मन्दिर मंगलापुरमा महापुराण तथा महाआरती सुरु

शनिबार माघ १८, २०८२/ Saturday 01-31-26

तिलोत्तमा । माघ १७ गते । तिलोत्तमा—९, मंगलापुर स्थित रामजानकी शिव मन्दिर (कुटी) मा श्रीमतद्भागवत महापुराण तथा श्रृगारिक महाआरती २०८२ शुरु भएको छ । मन्दिरको जिर्णोद्धार, प्राचिन पोखरीको उचित ब्यवस्थापन र धर्म सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित धार्मिक अनुष्ठान माघ २३ गतेसम्म सन्चालन हुनेछ ।

महायज्ञको उद्घाटन गर्दै तिलोत्तमा उपप्रमुख जागेश्वरी चौधरीले धार्मिक पर्यटनका हिसाबले समेत महत्वपुर्ण मानिएको रामजानकी शिव मन्दिरलाई जिर्णोद्धार र विकाश गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

महायज्ञमा पण्डीत चन्द्रकान्त काफ्लेले कथावाचन गर्नुको साथै राष्ट्रियस्तरका कलाकारबाट झाँकीसहित भजन कृतन गर्ने कार्यक्रम छ । चौथो पटक आयोजना गरिएको महापुराण तथा महाआरती अवधिमा विभिन्न धार्मिक कार्यक्रमहरु समेत आयोजना गरिएको  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमेन्द्र रानाले जानकारी दिनुभयो ।

समितिका पूर्व अध्यक्ष गणेश शर्माले महापुराणबाट बचत हुने रकमले मन्दिर क्षेत्रमा दिब्यधाम तथा पूर्वाधार निर्माणको काम गरिने बताउनुभयोे । समितिका सचिव धिरज पुन मगरले महापुराण अवधिभर हुने धार्मिक गतिविधिमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
 

तपाईको प्रतिक्रिया